Connect with us
Advertisement

प्रदेशमै पहिलोपटक ड्रोनमार्फत् सर्वे तथा नक्सांकन गर्दै बेलबारी नगरपालिका

Published

on

बेलबारीः प्रदेशमै पहिलो पटक मोरङको बेलबारी नगपालिकाले मानवरहित हवाई यन्त्र (ड्रोन)मार्फत् भौगोलिक नक्सांकन तथा सर्वे डिजिटल प्रणालीबाट गर्न थालेको छ । आइतबारदेखि नक्सांकन शुरु गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

नगरप्रमुख सुवेदीले यस प्रकारको नक्साले नगरपालिकाको शहरी विकास योजना, विपद जोखिम व्यवस्थापन, घर नम्बर तथा स्ट्रिट ठेगाना  निर्धारण, गुरुयोजना निर्माण, सडक स्तरीकरण, भौतिक पूर्वाधारको स्तरोन्नति, सडकको अवस्था, अतिक्रमित सरकारी जग्गाको तथ्यांक संकलन गर्न बलियो आधार निर्माण हुने बताए ।

नक्सांकन गर्न विभिन्न जीआइएस विज्ञ, ड्रोन पाइलट तथा सरकारी अधिकारीहरुलाई एकताबद्ध गरेर निश्चित उपलब्धि हासिल गर्ने लक्ष्य राखेको छ । यसको मुख्य लक्ष्य उच्च स्केलको नक्सा प्राप्ति गर्र्ने र उच्च रिजोलुसनको फोटोको आधारमा विस्तृत शहरी विकास योजना तथा विपद् व्यवस्थापनमा सहयोग पुर्याउने नगरपालिकाले जनाएको छ ।

बाढीपहिरो डुबान हुने क्षेत्रको अवस्थासमेत ड्रोनमार्फत् खिचिन्छ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले भने हामीलाई विपद व्यवस्थापनका लागि पूर्वतयारी गर्न सहज हुन्छ । नगरपालिकाका ३० स्थानबाट स्याटलाइटसँग जीपीएस कोअर्डिनेटमार्फत् कन्ट्रोल प्वाइन्ट स्थापना गरी सर्वेक्षण गर्न लागिएको हो ।

नगरपालिकाले विज्ञहरुलाई यो काम गर्ने जिम्मा दिएको छ । बेलायतबाट सिभिल इञ्जिनियरिङ सकेर ट्रान्सपोर्टमा स्नातकोत्तर गरेका विवेक सिंहले सो कामको जिम्मा लिएका छन् । डीजी निर्माण इन्जिनियरिङ प्रा.लि. विराटनगरका सञ्चालकसमेत रहेका सिंहले नगरको सचित्र प्रोफाइल बन्न सक्ने बताएका छन् । सर्वेक्षण सकिएपछि मोबाइल एपमार्फत् हेर्न मिल्ने उनले बताए ।

नगरक्षेत्रको मुख्य बस्ती एवं सडकहरुको ड्रोनबाट सर्वेक्षण एवं नक्सांकनको कार्य शुरु भएको र यसबाट प्राप्त हुने सम्पूर्ण फोटो एवं भिडियो डाटाको गोपनीयता नगरपालिकाको नियन्त्रणमा हुने नगरपालिकाको कार्यालयले जनाएको छ ।

नगरपालिका क्षेत्रभित्रको पर्यटकीय स्थल, सडकलगायत विकास निर्माणका कामको डीपीआर, डिजाइनसमेत कार्यालयमै बसेर गर्न सकिने गरी निर्माण गर्न लागिएको जनाइएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

Published

on

इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ ।

Continue Reading

Banner

२ जेठ, २०८१ – बुधवार – आजको राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ, तर साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला ।

Continue Reading

Banner

न्यायाधीशको अगाडि फेरि घोप्टो परेर रोईन् गौशला २६

Published

on

न्यायाधीशको अगाडि फेरि घोप्टो परेर रोईन् गौशला २६…🤔😳
मुद्दा हेर्दाहेर्दैमा राखिएको निर्णय सुनाइसकेपछि सबै खुरुखुरु बाहिर निस्किए । न्यायाधीशद्वय भट्ट र उप्रेती भित्रै थिए । सन्दीप पक्षका एकजना वकिल पनि थिए । यत्तिकैमा गौशाला-२६ की वकिल शान्ति रिसाल आफ्नी क्लाइन्ट (गौशाला २६) लाई लिएर इजलासभित्र पसिन । भित्र पस्नासाथ शान्तिले गौशालालाई केही इशारा गरिन् । त्यसपछि गौशाला २६ न्यायाधीशद्वयको अगाडि घोप्टो परेर रुन थालिन् । न्यायाधीशद्वयले सम्झाइबुझाइ गरेपछि उनी निस्किएको स्रोतले बतायो । यो घटनालाई सन्दीपका वकिलहरुले असामान्यरुपमा लिएका छन् । गौशाला २६ का वकिलहरुले फैसला आफ्नो पक्षमा पार्न न्यायाधीशहरुमाथि ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको उनीहरुको आरोप छ । नेपालप्रेसबाट…
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक